निर्वाचनपछि पनि तपाइहरुसँगै हुनेछुः उम्मेदवार गुरुङ

पाेखरा | कात्तिक २४, २०७९

निर्वाचनपछि पनि तपाइहरुसँगै हुनेछुः उम्मेदवार गुरुङ

पोखरा:   आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले निर्वाचनपछि पनि जनताको साथमै रहने बताएका छन् । 

 

पोखरा–१० को बिहीबार घरदैलो कार्यक्रममा मतदातासँग गुरुङले निर्वाचित भएपछि पनि सँगै साथमै रहेर काम गर्ने बताए ।

 

उनले निर्वाचित गराउने मतदाताको कहिल्यै मन नदुखाउनेसमेत प्रतिवद्धता जनाए । ‘मतदाताले दिएको माया, र साथलाई जिवनभर भुल्ने छैन । सम्झनालायक काम गरेर देखाउनेछु,’ उनले भने, ‘यस क्षेत्रका जनताका उति ठूला समस्या छैनन् । माइनर समस्यालाई नि विशेष रुपमा हेर्नेछु ।’ 

 

यस वडामा पर्ने नागिन टोल, औद्योगिक क्षेत्र र रामघाटमा बसोबास गर्ने सकुम्बासी बस्तीलाई  थप व्यवस्थित बनाउने उनले सुनाए । सेतो पूर्जाको आधारमा खानेपानी र बत्ती उपभोग गर्दै आएका सुकुम्बासीको व्यवस्थापनमा सधै आवाज उठाइरहने गुरुङले बताए ।

 

उनले यो पटक परिवर्तनको लागि मत राख्न मतदातासँग आग्रह गरे । ‘समाज परिवर्तनको लागि पनि नयाँ भिजन भएको उम्मेदवारलाई मत राख्नुहोला । म पनि युवा हुँ । युवाको केही न केही देश विकासको सपना देखेको हुन्छ,’ उनले भने, ‘अब मत राखेर पछुत्याउने काम नगर्न आग्रह गर्दछु ।’

 

उनले अबको बाटो विकास र समृद्धिको हुँदा प्रदेशलाई सोही अनुसार अगाडि बढाउने उद्धेश्य रहेको उनले मतदाता समक्ष सुनाए । ‘विकासको लागि राजनीतिक पूर्वग्रह राख्नुहुँदैन् । सबै मिलेर विकास गर्ने हो,’ उनले भने, ‘हामी पाँच दल मिलेर आएका छौं । यसले पक्कै पनि समाज, प्रदेश र देशलाई फाइदा पुग्नेछ ।’ देश राजनीतिक चपटोमा परेको हुँदा आगमी निर्वाचन पछि काँग्रेसको बहुमतको सरकार बन्ने उनको भनाइ छ ।   
 

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्